भिक्षुभिक्षुणी पनि छैनन् बौद्धनाथ स्तुप क्षेत्रमा  (भिडियाे)

बौद्ध धर्मावलम्बी र पर्यटकले भरिभराउ हुने बौद्धनाथ स्तुप यतिबेला सुनसान छ । कोरोना भाइरस संक्रमणको संत्राशसँगै सरकारले ‘लकडाउन’ गरेको तेस्रो दिन यो क्षेत्र सुनसान भएको हो ।

सामान्य अवस्थामा बौद्ध भिक्षु–भिक्षुणीहरू कोही ध्यान गरिरहेका हुन्थे भने कोही परिक्रमा । घुम्नका लागि बौद्ध जाने युवायुवती चाहिँ स्तुपमाथि चढेर बस्ने र घुम्ने गर्थे । अहिले यी सबै कार्य बन्द छ । बौद्धमा कोरा गर्न आउने हजारौँ बौद्धमार्गी समेत अहिले घरभित्र बसेर भगवान बुद्धलाई स्मरण गरिरहेका छन् । 

धार्मिक आस्था राख्नेहरू अहिले मनमनै स्मरण गरेर घरमै बसिरहेका छन् । घुम्न जाने काम भने पूर्ण रुपमा बन्द भएको छ । 
युनेस्कोले विश्वसम्पदा सूचीमा राखेको पुरातात्विक एवम् धार्मिक स्थल हो बौद्धनाथ । रोग फैलन नदिन सरकारले गरेको लकडाउनमा बौद्धमार्गीले समर्थन जनाएका छन् । 

रोनाको त्राश फैलिएसँगै बौद्ध घुम्न जानेको संख्या ह्वात्तै घटेको थियो । ‘लकडाउन’ पछि त बौद्ध धर्मावलम्बी र स्थानीय बासिन्दासमेत घरबाहिर निस्केका छैनन्। 

अहिले बौद्धनाथ क्षेत्रमा हिँड्दा सुरक्षाकर्मी र निजी सुरक्षा गार्डबाहेक कोही देखिँदैनन् ।

प्रकाशित मिति: : 2020-03-27 02:27:58

प्रतिकृया दिनुहोस्