पोखरामा काेराेनाकाे किटनाशक औषधी छर्कन सुरु

पोखरा महानगरपालिकाले (डिसइन्फेक्सन स्प्रे) किटनाशक औषधी छर्कन सुरु गरेको छ। कास्की नगरक्षेत्रका भिडभाड हुने स्थानमा किटनाशक औषधी छर्कन सुरु गरिएकाे हो।

बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीसहितको टोलीले महानगरको न्युरोडमा रहेको कार्यालयबाट किटनाशक औषधी छर्न सुरु गरेका हुन्। 

महानगर क्षेत्रका भीडभाड हुने ठाउँहरु, अस्पताल, सेवाग्राही बढी आउने सरकारी कार्यालय लगायत ठाउँहरुमा किटनाशक औषधी छरिने मुख्यमन्त्री गुरुङले जानकारी दिए।  

महानगरमा पहिलो चरणमा १ सय लिटर किटनाशक औषधी छर्ने काम भएको र आवश्यकता अनुसार खरिद गरी मुख्य स्थानमा किटनाशक औषधी छरिने हानगरपालिकाका प्रमुख जिसीले बताए।

 

प्रकाशित मिति: : 2020-03-27 07:15:23

प्रतिकृया दिनुहोस्