प्रधानमन्त्रीलाई डाक्टरकाे पत्र, ‘हामी असुरक्षित छाैं’

एजेन्सी

काठमाडाै‌ं

भारतको बिहारका डाक्टरहरुले भने आफूहरु असुरक्षित रहको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीलाई चिठ्ठी लेखेका छन्। डाक्टरहरुले प्रधानमन्त्री मोदीलाई एक पत्र पठाउँदै आफूहरुलाई सेल्फ क्वारेन्टाइनमा बस्न दिन माग गरेका छन्।

८३ जना डाक्टरले अस्पतालका प्रबन्धकका साथसाथै प्रधानमन्त्री कार्यालय, बिहार स्वास्थ्य विभाग र मुख्यमन्त्री कार्यालयलाई पठाएको छ। डाक्टहरुको पत्रमा आफूहरु पनि संक्रमित हुन सक्ने चिन्ता प्रकट गरिएको छ। यसकारण उनीहरुले सेल्फ क्यारेन्टाइनमा बस्न पाउनुपर्ने माग गरेका हुन्।

पत्रमा भनिएको छ, ‘अस्पतालमा पीपीई र एन नाइन्टि फाइभ मास्क डाक्टरहरुलाई उपलब्ध भइरहेको छैन।’

एनएमसीएचका जूनियर डाक्टर्स एसोसिएशनका अध्यक्ष रवि रमनले भने, ‘हामी केही दिनदेखि कोरोनाका संदिग्ध बिरामीको उपचार पीपीई र मास्कबिना गरिरहेका छौँ,ती सामग्री हामीलाई उलपब्ध गराइएको छैन ।’

उनका अनुसार एनएमसीएचमा कोरोनाका दुई जना बिरामीको उपचार भइरहेको छ। कोरोना अस्पतालका रुपमा घोषित गरिएकाले आशंकित धेरै बिरामीहरु त्यहाँ पुगिरहेका छन्।

प्रकाशित मिति: : 2020-03-27 22:50:57

प्रतिकृया दिनुहोस्