काेराेनाका कारण बार्सिलोनाका खेलाडीको तलब कटौती

एजेन्सी

बार्सिलाेना

विश्वको चर्चित एवम् धनी क्लब मध्येको एक बार्सिलोनाले कोरोना भाइरसविरूको लडाईंका लागि अस्थायी रूपमा खेलाडीको तलब काटौती गर्ने भएको छ। यस विषयमा स्टार खेलाडीसँग सहमति भएको जानकारी दिँदै क्लबले कटौती भएको रकम काेरोनाविरूद्धको लडाईंमा प्रदान गर्ने घोषणा गरेको छ। 

पछिल्लो समय स्पेनमा कोरोनाको संक्रमणले महामारीको रूप लिएपछि क्लबले यस्तो घोषणा गरेको हो। क्लबले खेलाडीको कटौती भएको रकम स्पेनको अस्पताललाई र क्लबको संरचना क्याटलुनियाको स्वास्थ्य विभागलाई उपलब्ध गराउने बताएको छ। 

कोरोनाको संक्रमणबाट हालसम्म स्पेनमा ४ हजार १ सय ४५ जनाले ज्यान गुमाइसकेका छन् भने ५६ हजारमा संक्रमण भेटिएको छ। 
 
कोरोनाका कारण २३ दिनअघि एक जनाको निधन भएको थियो। तर, अहिले इटालीपछि सर्वाधिक मानिस स्पेनमै मरिरहेका छन्। 

बिहीबार मात्र ८ हजार नयाँ संक्रमित फेला परेका थिए। ला लिगा च्याम्पियन बार्सिलोनाले खेलाडीमा मात्र बार्षिक ५ सय ४९ मिलियन पाउन्ड खर्चिने गरेको छ। जसमा क्लबका अन्य स्टाफ गरेर सबैको पारिश्रमिक ३ सय ३६ दशमलव ६ मिलियन पाउन्ड रहेको छ। 
 

प्रकाशित मिति: : 2020-03-27 23:22:59

प्रतिकृया दिनुहोस्