कोरोना रोकथामको औषधि र सामग्री लिएर गएको विमान नेपालगञ्ज विमानस्थलमा दुर्घटना

मनीषा अवस्थी

काठमाडाैं

कारोना भाइरस रोकथामका लागि औषधि र आवश्यक मेडिकल सामग्री लिएर गएको नेपाल एयरलाइन्सको विमान नेपालगञ्जको राँझा विमानस्थलमा दुर्घटनाग्रस्त भएको छ ।

विहान ११ बजेर ३२ मिनट जाँदा राँझा विमानस्थलमा अवतरण गरेको विमान रनवेबाट चिप्लिएर विमानस्थलको खाली चउरसम्म पुगेको थियो।

तर, विमानमा रहेका सबै ५ जना सकुशल रहेको नेपालगञ्ज विमानस्थलले जानकारी दिएको छ ।नेपाल एयरलाइन्सको अल्फा एकेभी वाई टु कलसाईन भएको विमान दुर्घटनामा परेको छ ।

जहाज धावनमार्गमा अवतरण गर्नेबेला दूर्घटनामा परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले बताएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ।
 

प्रकाशित मिति: : 2020-03-29 02:26:02

प्रतिकृया दिनुहोस्