कटारी अस्पतालको आइसोलेसनबाट एक जना फरार

उदयपुर कटारी नगरपालिको कटारी अस्पतालको आइसोलेसनमा रहेका एक व्याक्ति फरार भएका छन्। भारतको सिलगुढी हुँदै ताप्ली गाउँपालिकाका लागि हिँडेका ३८ वर्षीय कृतिमान मगराती शनिबार अस्पतालको आइसोलेसबाट फरार भएका हुन्। 

अस्पतालका सूचना अधिकारी इसराइल राइनका अनुसार उनको स्वास्थ्य परीक्षणका क्रममा ९९ डिग्री ज्वारो आएपछि १२ गतेदेखि आइसोलेसनमा राखेर उपचार भइरहेको थियो।

‘अस्पतालको आइसोलेसनमा राखिएका मगराती बिहानको खाना खानुअघि नै झोला र मोबाइल बेडमै छोडेर भागेका रहेछन्,’ उनले भने,‘सुरुमा ९९ डिग्री ज्वरो रहेका मगरातीको अवस्था पछिल्लो समय सामान्य हुँदै गएको थियो।’

मगरातीसँगै अन्य २० जनालाई बेलसोतस्थित क्वारेन्टाइनमा राखिएको उनले जानकारी दिए। ‘साथीहरुसँगै क्वाराइन्टेनमा जान माग गरिरहेका थिए,’सूचना अधिकारी  राइनले भनिन्,‘ सुरुमा साथीहरुसँगै क्वारेन्टाइनमा पठाइएकोमा त्यहाँ ज्वारो आएपछि उनलाई आइसोलेसनमा राखिएको थियो।’

अस्पतालबाट भागेका मगरातीको खोजी भइरहेको  इलाका प्रहरी कार्यालय कटारीका प्रहरी नायब उपरिक्षक प्रेमसागर केसीले जानकारी दिए।  

प्रकाशित मिति: : 2020-03-29 07:25:24

प्रतिकृया दिनुहोस्