‘मन की बात’ रेडियो कार्यक्रममा आउँदै मोदी

बिएल संवाददाता

काठमाडाै‌ं

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज आइतबार देशबासीसँग कुरा गर्ने भएका छन्। कोरोना भाइरसको महामारीकाबीच प्रस्तुत हुन  लागेको मोदीको  मासिक रेडियो कार्यक्रमबारे सर्वत्र चासो रहेको छ।

मोदीले कार्यक्रममा कोरोना महामारीबारे कुराकानी गर्ने बताइएको छ। अल इण्डिया रेडियोले प्रधानमन्त्री मोदीको कार्यक्रम भारतीयसमय अनुसार बिहान ११ बजे प्रसारण हुने जानकारी दिएको छ।

एक ट्विट मार्फत मोदीले ‘मन की बात’ रेडियो कार्यक्रमका माध्यमबाट कोरोना संकटबारे कुराकानी गर्ने जानकारी दिएका छन्।

Tune in tomorrow at 11.

Tomorrow’s episode will be focused on the situation prevailing due to COVID-19. #MannKiBaat pic.twitter.com/wWybvdLW8k

— Narendra Modi (@narendramodi) March 28, 2020
प्रकाशित मिति: : 2020-03-29 21:24:29

प्रतिकृया दिनुहोस्