नेपाल आइपुग्यो औषधि र चिकित्सा उपकरण लिन चीन गएको जहाज

बिएल संवाददाता

काठमाडाै‌ं

औषधि र मेडिकल उपकरण लिन चीन गएको नेपाल एयरलाइन्सको जहाज आइतबार बिहान नेपाल आइपुगेको छ। 

शनिबार दिउँसो १२ बजेर ४० मिनेटमा काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको ए ३३० वाइडबडी जहाज आज बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको विमानस्थल कार्यालयले जनाएको छ। 

औषधी र अन्य मेडिकल सामग्री बोकेर जहाज हिजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने बताइएकाे थियाे, तर केही समय हाेल्ड गरेर फर्किएकाे छ। चीनको ग्वाङझाओबाट १२ दशमलव ६६ टन अत्यावश्यक औषधि र अन्य मेडिकल उपकरण सहित विमान आइपुगेको विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले बिएल नेपाली सेवालाई जानकारी दिए। 

जहाजमा  ४ जना पाइलट, २ जना इन्जिनियर, लोड मास्टर लगायत १० जना मात्रै रहेका थिए।

जहाजले कोरोनोको उपचार लक्षित औषधि, डाक्टरले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) युनिट पीपीई, भेन्टिलेटर लगायतका सामग्री ल्याएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ। 

यसअघि चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि त्यहाँ रहेका नेपालीहरुलाई पनि नेपाल वायु सेवा निगमकै वाइडबडी जहाजले ल्याएको थियो।

प्रकाशित मिति: : 2020-03-29 21:29:14

प्रतिकृया दिनुहोस्