बाजेको सेकुवाले चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन गराउने

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालको चर्चित ब्रान्ड बाजेको सेकुवाले चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन गराउने भएको छ। कोरोनाका कारण मुलुक लकडाउनमा परेको बेला अहोरात्र खटिरहेका चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन गराउन लागेको हो।

जनता जीउ ज्यानको सुरक्षामा खटिएका चिकित्सक र सुरक्षाकर्मीलाई निःशुल्क भोजन उपलब्ध गराएर सहयोग गर्न खोजिएको बाजेको सेकुवाको म्यानेजर सञ्जिव तिमल्सिनाले बताए। उनका अनुसार जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर भोजन वितरण गर्न लागेको हो।

‘तपाईँ हामी सबैको स्वास्थ्य र सुरक्षाका लागि अहोरात्र खटिरहेका चिकित्सकहरुलाई अस्पतालसम्म निःशुल्क खाना खुवाउने सोच अनुसार यो काम गरिएको हो,’ तिमल्सिनाले भने,‘यो सहयोगले उनीहरुलाई थप हौसला र प्रेरणा मिल्छ भन्ने विश्वास लिएका छौं।’ 

उनले तत्कालीन अवस्थामा बाजेको सेकुवाले पाटन अस्पताल, ह्याम्स अस्पताल र केमएसीमा खाना पुर्‍याउने बताए। चिकित्सक र सुरक्षाकर्मीबाहेक अत्यावश्यक परेका दैनिक ज्यालादारीमा गुजारा चलाउने मजदुरलाई पनि निःशुल्क खाना वितरण गर्ने उनले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-30 02:39:28

प्रतिकृया दिनुहोस्