न्यूनतम सेवा सञ्चालन र राहतबारे सरकार अस्पष्ट, अलमलमा नियमनकारी निकाय

रातोपाटी

काठमाडौँ

शंकर अर्याल

उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समितिको बैठकले न्यूनतम वित्तीय सेवालाई निरन्तरता दिने निर्णय गर्दै बुधबार मातहतका सबै निकायहरुलाई निर्णय कार्यान्वयन गर्न निर्देशनात्मक पत्र पठायो । समितिले विभिन्न ९ वटा निर्णय गर्दै नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, बीमा समिति, सहकारी विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल बैंकर्स संघलाई आ–आफ्नो क्षेत्रसँग सम्बन्धित निर्णय कार्यान्वयन गर्न निर्देशन दिएको थियो । 

उक्त निर्देशनमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमण फैलिँदै जाँदा सिर्जना भएको अप्ठ्यारो अवस्थामा सबै क्षेत्रबाट प्रवाह हुने न्यूनतम वित्तीय सेवालाई निरन्तरता दिन भनिएको थियो । साथै, कोरोनाभाइरसका कारण प्रभावित क्षेत्रलाई राहत दिने किसिमका केही निर्णय पनि उक्त समितिले गरेको थियो । तर ती दुवैको निर्णयका सम्बन्धमा व्याख्या भने फरक फरक किसिमबाट भइरहेको छ । 

प्रकाशित मिति: : 2020-03-30 02:49:16

प्रतिकृया दिनुहोस्