चीनबाट प्राप्त स्वास्थ्य सामग्री सरकारलाई हस्तान्तरण, सातै प्रदेशमा आजै पठाइने

बिएल संवाददाता

काठमाडाै‌ं

चिनियाँ दूतावासले कोरोना भाइरसको रोकथाम तथा उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई चाहिने एन–९५ मास्क लगायतका सामग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ।

आइतबार मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकालमार्फत सरकारलाई हस्तान्तरण गरेकी हुन्।

राजदूत यान्छीले चीनका अर्बपति ब्यापारी ज्याक माको अलिबाबा र ज्याक मा फाउण्डेसनसहित विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पठाएको सहयोग हस्तान्तरण गरेकी हुन्। यी समान सिचुवान प्रान्त तथा चिनियाँ दूतावास, अलिबाब फाउण्डेसन, ज्याक मा फाउण्डेसन, चाइना सिएमएमसी इन्जिनियरिङ कम्पनी, सिचुवान ग्रुप, होङ्सी सिमेन्ट कम्पनी लगायतले सामान पठाएका हुन्।

अहिले सिचुवान प्रान्तले पठाएका सामानमा दुई हजार थान एन ९५ मास्क, २४ हजार थान सर्जिकल मास्क, ५०० थाम प्रोटेक्टिभ गगल्स, ५३० थान प्रोटेक्टिभ कपडा लगायत सामग्री आइपुगेको छ।

यस्तै ज्याक माको अलिबाब र ज्याम मा फाउण्डेसनले १ लाख २०० थान एन ९५ मास्क पठाएका छन्।

चिनियाँ प्रदेश र संघसंस्थाले दिएको बाँकी सामान भन् अप्रिल दुईमा आउने समेत दूतावासले जनाएको छ।

औषधि र पीपीई आजै ७ वटै प्रदेशमा पठाइने


चीनबाट ल्याइएकाे औषधि र पीपीई आजै नेपाली सेनको हेलिकप्टरबाट ७ वटै प्रदेशमा पठाइने भएको छ।

आइतबार बिहान चीनबाट आएका औषधि, मास्क, पीपीई लगायतका औषधि जन्य सामाग्री नेपाली सेनाको हेलिकप्टरबाट सातै वटा प्रदेशमा पठाउन लागिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल आपूर्ति महाशाखाका निर्देशक भोगेन्द्र डोटेलले बताए।

‘हामीले सामानहरू प्रकृयामा राखेका छौं,’डोटेलले भने, ‘ती सामानहरू प्रकृयागत रुपमा बुझिसकेपछि सातै प्रदेशमा पठाउछौं।’

शनिबार दिउँसो १२ बजेर ४० मिनेटमा काठमाडौंबाट चीनको ग्वाङझाओ प्रस्थान गरेको ए ३३० वाइडबडी जहाज आज बिहान साढे ५ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएको थियाे। 

औषधि र अन्य मेडिकल सामग्री बोकेर जहाज हिजै राति ११ बजेको हाराहारीमा नेपाल फर्कने बताइएकाे थियाे, तर केही समय हाेल्ड गरेर फर्किएकाे हाे।

प्रकाशित मिति: : 2020-03-30 03:21:11

प्रतिकृया दिनुहोस्