विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्नेलाई कारबाही गरिने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले विदेशबाट फर्केर क्वारेन्टाइनमा नबस्नेलाई कारबाही गर्ने भएको छ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले क्वारेन्टाइनमा नबस्ने तथा सरकारको सम्पर्कमा नआउनेहरुलाई कारबाही गर्ने निर्णय गरेको हो।

चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो। तर अहिले पनि धेरैले त्यसलाई पलना गरेका छैनन्। साथै पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझै पनि सरकारको सम्पर्कमा पनि आएका छैनन्।

‘संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको छ’ समिति सचिवालयका प्रवक्ता सचिव नारायण विडारीले भने।
 

प्रकाशित मिति: : 2020-03-30 05:11:36

प्रतिकृया दिनुहोस्