देशव्यापी बन्द गर्नुको विकल्प छैन : प्रधानमन्त्री मोदी

बिएल संवाददाता

नयाँदिल्ली

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा २१ दिन लामो लकडाउनको घोषणा गर्नुको विकल्प सरकारसँग नभएका कारण नै देशव्यापी बन्द गरेको र यसका कारण जनतामा पुगेको असुविधाप्रति माफी मागेका छन्।

भारतमा मङ्गलबारदेखि लागु भएको एक साता नपुग्दै प्रधानमन्त्रीले यसबाट नागरिकलाई तत्काल कठिनाई परे पनि अन्ततः यसले नागरिकको हित नै गर्ने बताए। 

आइतबार रेडियो कार्यक्रम ‘मन की बात’मा जनतालाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले लकडाउनको कारण गरिबहरुमा परेको असुविधाप्रति क्षमायाचना व्यक्त गरेका छन्।

उनले भने, ‘सरकारले सबै जनतालाई सुरक्षित राख्नका लागि चाहेको र यो निर्णयको कुनै विकल्प छैन्।’ 

प्रधानमन्त्री मोदीले अहिलेको संकटमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि उक्त कार्यक्रममार्फत् दिए। लकडाउन हुँदाहुँदै दिल्लीबाट हजारौँ मानिसहरु पैदल हिँडेरै अहिले गाउँगाउँ गइरहेका छन्।

भारतमा आइतबारसम्म कोरोना भाइरसका कारण २५ जनाको ज्यान गइसकेको छ भने करिब हजार जना संक्रमित भइसकेका छन्।

प्रकाशित मिति: : 2020-03-30 09:04:30

प्रतिकृया दिनुहोस्