‘यशुलाई विश्वास गर्नुस् कोरोना लाग्दैन’ भन्ने महिला पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरसबारे भ्रम सिर्जना गरेर धर्म प्रचार गरेको आरोपमा प्रहरीले चितवनको माडी नगरपालिकामा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा डी नगरपालिका ७ जगन्नाथपुरी बस्ने ३८ बर्षकी जानकी ढुङगाना रहेका छन्।

उनलाई ‘यशुलाई विश्वास गर्नुस्, क्रिश्चियन धर्म मान्नुस् कोरोना लाग्दैन’ भन्दै भ्रम सिर्जना गरेको आरोपमा पक्राउ गरिएकाे चितवनका प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए।

उनलाई आइतबार मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2020-03-30 09:15:27

प्रतिकृया दिनुहोस्