हेटौंडामा अपरिचित व्यक्तिकाे शव फेला

मकवानपुरको हेटौंडामा एक पुरुषकाे शव फेला परेको छ। 

हेटौंडा उपमहानगरपालिका वडा नंबर १३ स्थित परिर्वतन सामुदायिक वनमा चिलाउनेको रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको हो।

आइतबार साँझ भेटिएको शवको परिचहान हुन नसकेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ। यद्यपी उनको उमेर ५० रहेको अनुमान गरिएको छ।

शव अहिले हेटौंडा अस्पतालमा ल्याइएको छ।

प्रकाशित मिति: : 2020-03-30 09:45:09

प्रतिकृया दिनुहोस्