निजी विद्यालयहरुले एक महिनाको शुल्क लिन नपाउने

बिएल संवाददाता

काठमाडाै‌ं

सरकारले स्वास्थ्य, शिक्षा र घरबहालका विषयमा महत्वपूर्ण निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निजी विद्यालयहरुले माध्यामिक तहसम्मको एक महिनाको शुल्क लिन नपाउने गरी व्यवस्था मिलाउन निर्देशन दिएकाे छ।

त्यस्तै सामुहिक क्वारेन्टाइनमा बस्ने मानिसहरुलाई खाने व्यवस्था स्थानीय तह र संघीय सरकारले व्यवस्था गर्ने भएको छ। कोरोना उपचारमा संलग्न चिकित्सकदेखि एम्बुलेन्स चालकसमेतलाई असार मसान्तसम्म २५ लाखको बीमा गर्ने पनि सरकारले निर्णय गरेको छ। 

त्यस्तै कोभिड १९ को उपचारमा प्रयोग हुने उपकरण, सेनिटाइजर, पीपीइका आपूर्ति तथा अस्पतालको क्षमता विस्तारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई थप बजेट व्यवस्था गर्ने भएको छ।

यता शहरी क्षेत्रमा घरबेटीले डेरावालाको एक महिनाको भाडा नलिन सरकारले घरबेटीलाई आग्रह गरेको छ भने उनीहरुबाट घरबहाल कर नलिने निर्णय पनि गरेको छ।

 

प्रकाशित मिति: : 2020-03-29 22:31:53

प्रतिकृया दिनुहोस्