कोरोना भाइरसका कारण संक्रमितको संख्या पाकिस्तानमा एक हजार ५०० पुगेको छ।
अधिकारीहरूले दिएको शनिवारसम्मको तथ्याङ्कअनुसार कोरोनाका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।
एउटै देशमा सङ्क्रमित हुने र मृत्यु हुनेको यो संख्या दक्षिण एसियामै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय संगठनहरुले बताएका छन्।
पाकिस्तानको पन्जावमा सबैभन्दा धेरै सङ्क्रमित भेटिएका छन। पन्जावमा अहिलेसम्म ४६९ जना व्यक्तिलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि गरिएको छ।
मृत्यु हुनेको संख्या भने सिन्ध प्रान्तमा सबैभन्दा धेरै रहेको अधिकारीले बताएका छन्। पकिस्तानमा कोरोनाको सङ्क्रमणको पुुष्टि फेब्रुवरी २६ मा भएको थियो।