कोभिड–१९ः रु २ करोड २९ लाखको कोष

रासस

गलेश्वर

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीका ६ वटा स्थानीय तहहरुले रु २ करोड २९ लाखको कोष बनाएका छन्।

जिल्लाको बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका र धैलागिरि गाउँपालिकाले छुट्टा छुट्टै रुपमा रु १ करोड ९ लाखको कोष बनाएका हुन्।

बेनी नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि रु पचास लाखको कोष स्थापना गरेको छ भने अन्नपूर्ण गाउँपालिकाले रु ७० लाखको र धवलागिरि गाउँपालिकाले रु ५० लाखको कोष स्थापना गरेको सम्बन्धित गाउँपालिकाले जनाएको छ। 

त्यसैगरी उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना विरुद्धको आकस्मिक कोषमा रु ३४ लाख जम्मा गर्नुका साथै प्रत्येक वडामा क्वारेन्टाइन समेत स्थापना गरेको छ। 

गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकाले रु ३४ लाखको कोष स्थापना गरेको हो। गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट रु ३० लाख र अध्यक्ष भण्डारीको व्यक्तिगत रु ४ लाख गरि ३४ लाखको आकस्मिक कोष स्थापना गरिएको हो।

गाउँपालिकाले विश्वव्यापी महामारीको रुप लिएको कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रमसंगै हरेक वडामा ५ बेड क्षमताको क्वारेनटाइन समेत निर्माण गर्ने भएको छ। 

८ वटै वडामा क्वारेनटाइन बनाउनका लागि आवश्यक सामगी्र खरिद गरि तीन वटा टोली मार्फत सामान पु¥याउन थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले पनि कोभिड–१९ रोकथामका लागि रु २० लाखको कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरले जानकारी दिए।

प्रकाशित मिति: : 2020-03-30 12:38:55

प्रतिकृया दिनुहोस्