महानगरीय प्रहरीद्वारा नि:शुल्क खाद्य सामग्री वितरण

बिएल संवाददाता

काठमाडाै‌ं

महानगरीय प्रहरी कार्यालय काठमाडौंको भक्तपुरमा खाद्य सामग्री सहयोग गरिएको छ।

बिभिन्न बैंकहरुसंगको सहकार्यमा नि:शुल्क खाद्य सामाग्री वितरण अभियान अन्तर्गत सोमबार मानव कल्याण समाज झौखेल, भक्तपुरमा आश्रीत ६३ जना फरक क्षमता भएका अशक्त,असहाय व्यक्तिहरुलाई खाद्य सामग्री बितरण गरिएको हो।

यस्तै हनुमन्ते कोरिडोर ठीमी चारदोबाटोमा बस्दै आएका २० जना र सल्लाघारीमा बस्दै आएका १२ जना दैनिक ज्यालादारी मजदुरहरुलाई पनि प्रहरीले खाद्य सामाग्री वितरण गरेको छ ।

मुलुक लकडाउनको यस बिषम् परिस्थितिमा भोको पेटकै कारण सिर्जित हुन सक्ने बिभिन्न अपराधहरु रोकथाम तथा नियन्त्रणका साथै मानव सेवाको ध्येयले यस अभियानलाई लकडाउन अवधिभर निरन्तर संचालन गरिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले बताए।

साथै यस अवधिभर उपत्यकामा अवस्थित कोही कसैले खाद्य सामाग्री अभाव भएमा नजिकको प्रहरी कार्यालय वा महानगरीय प्रहरी कार्यालयको हटलाईन नम्बर १०० मा फोन गरी आफ्नो गुनासो टिपाउन उनले आह्वान गरे।

प्रकाशित मिति: : 2020-03-30 18:15:23

प्रतिकृया दिनुहोस्