जहाँ सङ्कट त्यहाँ युवा संघ’ को नारासहित स्वयं सेवा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट राष्ट्रिय युवा सङ्घले कोभिड–१९ कारण उत्पन्न मानवीय सङ्कटका समयमा सम्बन्धित सरकारसँग सहकार्य गरी स्वयंसेवामा जुट्न कार्यकर्तालाई सर्कुलर गरेको छ ।

सङ्घका संयोजक रामप्रसाद सापकोटा ‘दीपशीखा’ र सहसंयोजक रमेश पौडेलले आज विशेष सर्कुलर जारी गरी सङ्गठनका नेता, कार्यकर्तादेखि सदस्यसम्म ‘हामी जहाँ छौँ, त्यहीँबाट यो लडाइँमा  सहभागी बनौँ । जहाँ छौँ, त्यहीँ सक्रिय होऔँ । त्यहीँको समस्यासँग जुधौँ र हाम्रा स्थानीय सरकार तथा प्रशासनसँगको सहकार्यमा असहजतालाई सहजतामा बदल्न लागि परौँ ।’ भन्ने आह्वान गरेका छन्।

सक्रङ्मणको जोखिम रोक्न सरकारले घोषणा गरेको लकडाउन कार्यान्वयन गर्न÷गराउन चेतनामूलक प्रचार गर्न आफ्नो स्थानीय समुदायभन्दा बाहिरबाट घर फर्केकालाई ‘सेल्फ क्वारेन्टाइन’ मा बस्ने व्यवस्थाका लागि र अनुशासनका लागि उत्प्रेरित गर्न पनि आग्रह गरिएको छ ।

सरकारी निकाय र जनसुमदायबीच पुलको काम गर्दै ज्यालादारी श्रमिक वर्ग सबैभन्दा समस्यामा परेकाले सरकारले घोषणा गरेको राहतको सहजीकरणमा स्थानीय सरकार र श्रमिक समुदायलाई सहजीकरण गर्न सर्कुलरमा भनिएको छ । सो कार्यका लागि सङ्गठनले कुनै राहात र आर्थिक सङ्कलन नगर्ने बरु चेतनामूलक प्रचार सामग्रीको व्यापक प्रचार÷प्रसार गर्ने उल्लेख गरिएको छ ।

प्रकाशित मिति: : 2020-03-30 22:39:21

प्रतिकृया दिनुहोस्