कोरोना माहामारीकाे मुखमा छौं भने भोलीको लागि पनि खाद्यान्न चाहिन्छ: सांसद यादव

सांसद प्रदीप यादवले खेति किसानीमा बाधा अवरोध नगर्न आग्रह गरेका छन् । किसानको अहिले खेत खेतमा गहुँ, दलहन र तेलहन पाकेर भित्र्याउने बेला भएकको अवस्थामा उनले यसमा अवरोध नगर्न आग्रह गरेका हुन्।

कोरोना भाइरस संक्रमणको माहामारीको मुखमा छौं भने भोलीको लागि पनि खाद्यान्न चाहिन्छ भन्ने सबैले हेक्का राख्नु पर्ने सांसद यादवले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘देश र दुनिया अहिले विश्वब्यापी रुपमा कोरोना संक्रमणको माहामारी फैलिरहेको बेला सरकारले देशमा लकडाउन लागु गरेको, जुन आवश्यक पनि थियो। यस क्रममा खाद्यान्न र अन्य आत्यावश्यक बस्तुको अभाव नहोस भनेर आपुर्ती ब्यवस्था मिलाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहहरुले पुग–अपुग प्रयास गरिरहेका छन,’ सा्रसद यादवले भने, ‘तर यस बिचमा गाउँका किसानहरुको खेति किसानीमा बाधा अवरोध पुर्याइएको गुनासोहरु प्राप्त भएका छन्। अन्न उत्पादन गर्ने अन्नदाता किसानको काममा बाधा नपुगोस भनेर जिल्ला प्रसाशन कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र सूरक्षा बल तथा सबै स्थानीय तहलाई ध्यानाकर्षण गराउन चाहन्छु ।’

किसानले जोताइ लगायत प्रयोजनको लागि निश्अवरोध ट्याक्टर लैजान ल्याउन, त्यसको लागि डिजेलको आपुर्ती गर्न र अन्य कृषी गतिबिधि गर्न कुनै पनि हस्तक्षेप नहोस भनेर सम्बन्धीत सबैमा विज्ञप्तिमार्फत आग्रह गरिएको छ । साथै किसानहरु समेत एक आपसमा शारीरिक दुरी कायम राख्दै, झुण्ड नबनाइक कृषी कर्म गर्न सांसद यादवले आग्रह गरेका छन् ।

प्रकाशित मिति: : 2020-03-30 23:01:01

प्रतिकृया दिनुहोस्