चिनियाँ नागरिकसँग स्थानीय बासिन्दाकाे झडप, स्थिति नियन्त्रण गर्न प्रहरी परिचालित

लमजुङ चिनियाँ नागरिक र स्थानीय बासिन्दा बीच झडप भएको छ। मर्स्याङदी गाउँपालिका वडा नं ६ ठूलोबेसीमा न्यादी हाईड्रोपावरमा कार्यरत चिनियाँ नागरिक र स्थानीय बासिन्दा बीच झडप भएको हो।

हाईड्रोपावरलाई आवश्यक सामाग्री लिएर दुई ट्रक आएपछि गाउँलेहरुले लकडाउनको बेला किन चहलपहल बढाएको भन्दै प्रश्न गरेपछि चाइनीजहरु कुटपीटमा उत्रिएको वडा ६ की जनप्रतिनीधि डिलमाया थापाले बताइन्।

आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनीयाँहरुले भने सामाग्री ल्याएपछि कोरोनाको डर बढकोले बिरोध जनाएको उनले बताए। लकडाउनका समयमा आयोजनाको काम रोक्न भन्दा चीनियाँहरुले जवर्जस्ती गरेपछि झडप भएको बताइएको छ।

चिनियाँहरु आफै कोरोनाको त्रासबाट निस्कि नसक्दै नेपालमा लकडाउनकै समयमा गतिविधी बढाउन थालेपछि स्थानिहरु उनीहरुप्रति शसंकित हुँदै अवरोध पुर्‍याउन आएका थिए। तर स्थानियहरुलाई  हतियारसहित आएपछि स्थिति नियन्त्रण गर्न प्रहरी नै परिचालित गर्नुपरेको थियो। 
 

प्रकाशित मिति: : 2020-03-31 09:18:10

प्रतिकृया दिनुहोस्