क्रस चेक: इटालीकाे सडकमा फ्याकिँएका पैसाकाे यथार्थ यस्ताे छ

इटालीकाे ‘सडकमा पैसा फाले, पैसा नै सबैथोक होइन रहेछ’ भनेर माथिकाे तस्बिर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सामाजिक संजालमा यो तस्बिरको वास्तविकता नबुझिकनै प्रयोगकर्ताहरुले यसलाई भाइरल बनाइरहेका छन्।

तर यो तस्बिर कहाँको हो त? इटालीकै हाे त? धेरैकाे मनमा यही दुईवटा प्रश्नले जराे गाडेकाे छ। तपाइलाई यसकाे वास्विकता थाहा छैन भने हामी यसकाे बारेमा यसरी बुझाउँछाै। 

 ‘पैसा फ‍ोहोरमा छ, यसको कुनै काम छैन, समाजवादमा स्वागत छ’,भनेर यो तस्बिर भाइरल छ। यसलाई भाइरल बनाउनुकाे अर्थ 

कोरोना सङ्क्रमणबाट इटालीमा एकै दिन  ८१२ नागरिकको ज्यान गएको छ। यसरी यस देशमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ५९१ पुगेको प्राप्त पछिल्लो समाचारमा जनाइएको छ।
  
यहाँ ज्यान जानेहरुमा अधिकांश लोम्बार्डी क्षेत्रका नागरिक रहेका बताइएको छ। इटालीको सो ठाउँमा सुरुदेखि नै सङ्क्रमित हुनेको सङ्ख्या धेरै नै रहीआएको देखिएको छ। इटालीमा सङ्क्रमण हुनेहरु एक लाख १ हजार ५४९ पुगेका छन्। प्रतिदिन निकै नै ठूलो सङ्ख्यामा नागरिकको ज्यान गइरहेको अवस्था देखिएको छ।

म‌ंगलबार बिहानसम्मको इटालीको अवस्थालाई निकै भयावह मानिएको छ। चीनबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म इटाली विश्वमा नै सबैभन्दा धेरै नागरिकले ज्यान गुमाउने देश भएको छ। यति धेरै नागरिकले ज्यान गुमाएपनि सरकारले उपचारमा ध्यान नदिएकाे भन्दै नेपाली  सामाजिक संजाल प्रयाेगकर्ताहरुले मानिसलाई भ्रममा पारिरहेका छन्, त्याे पनि पैसा सडकमा फ्याकिँयाे भने।

तर यथार्थ हामीले खाेजि गरेका छाैं। हामीले क्रस चेक गर्दा यो तस्बिर इटालीको नभइ भेनेजुएलाको भएको खुलेको छ।

भेनेजुएलाक‍ो मुद्रास्फिति सन् २०१८ मा ८० प्रतिशत पुगेपछि पुरानो नोटको सट्टा नयाँ नोट जारी भएको हो। पुरानो नोटको कुनै औचित्य नभएपछि नयाँ नोट जारी भएको थियो। स्थानिय एक समाचार पत्रिका मदुराडासकाअनुसार यो तस्बिर ११, मार्च २०१९ मा लिइएको हो। याे पैसा एक स्थानिय  बैंकबाट लुटिएको थियाे। तर सरकारले नयाँ नाेट प्रचलनमा ल्याएपछि डकैति गर्नेहरुले बिच बाटैमा छर्दै हिँडेका थिए। 

समाचारमा उल्लेख भएअनुसार उक्त पैसा संकलन गर्नको लागि सरकारले करिब ३५ कर्मचारी खटाएको थियो। उक्त कर्मचारीले करिब एक हप्ता लगाएर उक्त पैसा संकलन गरेका थिए। संकलन गरिएको पैसालाई सरकारले सुरक्षाकर्मी लगाएर नष्ट गरेको थियो। 

प्रकाशित मिति: : 2020-03-31 15:04:22

प्रतिकृया दिनुहोस्