लकडाउन उल्लंघन गर्ने उपत्यकाबाट ३ हजार ९९ जना पक्राउ

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना संक्रमण रोकथामका लागि सरकारले घोषणा गरेको लकडाउन उल्लंघन गर्ने उपत्यकाका तीन जिल्लाबाट ३ हजार ९९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंबाट २१ सय ८७, ललितपुरबाट ८२९  र भक्तपुरबाट ८४ जना रहेका छन्।

महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन उल्लघन गर्नेलाई पक्राउ गरिएको बताए। उनले काठमाडौंबाट समातिएका १९ सय ३६ जनालाई छाडिएको र बाँकी २५१ जना रहेको बताए। यस्तै ललितपुर र भक्तपुरबाट समातिएकालाई सबैलाई छाडिएको समेत बताए।बाट २५ जना पक्राउ परेको जानकारी दिए
 
पोखरेल भन्छन्, ‘अब सबैले लकडाउन के हो? कसको लागि भन्ने बुझिसक्नु भएको छ। एउटा व्यक्तिको लापरबाहीले पूरै समाज संक्रमित हुनसक्ने भएकाले अब कसैलाई छुट हुँदैन।’

उनले लकडाउनको सातौं दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुने बताए।

प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान उनले गरेका छन्। लकडाउन कार्यान्वयनका लागि उपत्यकाको तीन वटै जिल्लामा प्रहरीको विशेष टोलि परिचालन भएको छ।

प्रकाशित मिति: : 2020-03-30 18:31:36

प्रतिकृया दिनुहोस्