नर्सलाई घरबाट निकालेपछि वडा सचिव पक्राउ

दाङको घोराहीका नर्सलाई घरबाट निकालेपछि प्रहरीले वडा सचिवलाई पक्राउ गरेको छ । पर्नेमा घोराही २ का वडा सचिव नारायण आचार्य रहेका छन्।

कोरोना भाइरस सर्ने त्रासका कारण आचर्याले तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ गणेपुर घर भइ हाल घोराहीस्थित बुद्ध इन्टरनेसनल हस्पिटलमा कार्यरत २० बर्षीया नर्स सृजना खड्का घरबाट निकालेका थिए।

घटनाको सूचना प्राप्त गर्नसाथ दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले डेराबाट नर्स निकाल्ने घरवेटी  आचार्यलाई पक्राउ गर्न निर्देशन दिएका थिए। निर्देशनपछि प्रहरीले आचार्यलाई समातेको र कानुन वमोजिम कारवाही गर्ने प्रमुख जिल्ला अधिकारी  रिजालले जानकारी दिए ।

प्रकाशित मिति: : 2020-03-31 15:59:36

प्रतिकृया दिनुहोस्