माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

मोरङमा माटोको ढिस्कोले पुरिएर एक बालिकाको मृत्यु भएको छ। रतुवामाई नगरपालिका ५ लेटीस्थित घाद्रि खोलामा माटो निकाल्ने क्रममा सोही स्थानका राजकुमार ताजपुरियाका वर्ष १३ की सुष्मिता ताजपुरीयाको मृत्यु भएको छ। 

मंगलबार दिउँसो १२ बजे माटो निकाल्ने क्रममामाथि बाट माटोको ढिस्को ले च्यापेपछि उनलाई गम्भीर अवस्थामा स्थानीयहरुले उद्दार गरेका थिए।

उनलाई उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

 उनी सरस्वती माध्यमिक विद्यालय कादुपाडामा कक्षा ७ मा अध्ययनरत रहेको शिक्षक दिनेशकुमार बिष्टले बताए।
­­­­­­


 

प्रकाशित मिति: : 2020-03-31 22:04:05

प्रतिकृया दिनुहोस्