रेस्क्यू र हतियारधारी पक्राउ गर्न ल्याइएको मेसिन लकडाउनमा प्रभावकारी

काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्नेलाई नेपाल प्रहरीले अहिले हातैले च्याप्प समात्दैन। सुरुका दिनमा हातैले समाते पनि लकडाउन भएको दुई/तीन दिनपछि भने प्रहरीले मेसिनमार्फत नियन्त्रणमा लिँदै आएको छ। 

यसरी मान्छेलाई पक्राउ गर्न प्रहरीले ल्याएको मेसिनको नाम हो- मल्टिफंसनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस।

नेपाल प्रहरीले प्रयोगमा ल्याएको यो मेसिन कोरोना भाइरसका संक्रमित र संक्रमणको आशंका गरिएका व्यक्तिलाई पक्राउ गर्न भनेर ल्याएको भने होइन। र, यो एकाएक अहिले नै आएको पनि होइन।

नेपाल प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक (एसएसपी) उमेशराज जोशीका अनुसार यो मेसिन आजभन्दा तीन वर्षअघि नै नेपाल प्रहरीले विशेष प्रयोजनाका लागि भनेर ल्याएको थियो। 

तर यी मेसिन प्रयोगमा भने आएका थिएनन्। अहिले एकाएक प्रयोगमा आएको देखिएकाले कोरोना भाइरस संक्रमित र संक्रमणको आशंका गरिएका व्यक्तिलाई पक्राउ गर्न ल्याइएको होला विमर्श हुनु स्वभाविक हो।

प्रकाशित मिति: : 2020-04-01 12:46:02

प्रतिकृया दिनुहोस्