स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। तीन महिनाअघि नै स्वास्थ्य सामग्री खरिदका लागि आह्वान गरेको टेन्डर रद्द गरेको तथा बजारदरभन्दा चार गुणासम्म महँगो मूल्यमा चीनबाट स्वास्थ्य सामग्री खरिद गरिएको भन्दै उनले अख्तियारमा उजुरी दिएको बताए।
विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशका सभासद रमेश पौडेलले बुधबार मन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी दिएको र दर्ताका लागि पर्खाइमा रहेको बताएका छन् ।
हालै सरकारले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ७५ हजार द्रूत परीक्षण किटलगायत अत्यावश्यक मेडिकल सामग्रीहरु चीनबाट खरिद गरेर ल्याएको छ। विश्व स्वास्थ्य संगठनले भने ती परीक्षण किट प्रयोग गर्न मान्यता दिएको छैन । यसरी कामै नलाग्ने किट महंगो मूल्यमा किनेको भन्दै आर्थिक अनियमिता भएकोरनभएको बारे छानबिन गर्न पौड्यालले माग गरेका छन् ।
उनले मेडिकल सामग्री खरिदको अनुभव नै नभएको कम्पनीलाई ३ घण्टामै टेण्डर दिएको तथा वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको, खरिद कार्यका लागि आफूनिकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको लगायत आरोप मन्त्री ढकालविरुद्ध लगाएका छन् ।