नारायणी अस्पतालमा २० घन्टामा २० बेडको आइसोलेशन वार्ड बन्दै

संघीय तथा प्रदेश सरकारले वेवास्ता गरेपनि २० घन्टामा २० बेडको आइसोलेशन वार्ड बनाउने कार्यमा सांसद प्रदिप यादव लगेका छन् । बुधबार बिहानदेखि केन्द्रिय अस्पतालको रुपमा रहेको नारायणी अस्पतालमा आइसोलेशन वार्ड बनाउने कार्यमा उनी जुटेका हुन्।

जग्गदम्बा ग्रुपमा संचालक राजेश अग्रवाल र रुगंटावेल फेयरका आर्थिक सहयोगमा लगभग १० लाखको लागतमा २० बेडको आइसोलेशन वार्ड स्थापना गरिन लागिएको हो।

सर्लाहीदेखि पर्सा जिल्लासम्मको रोगीहरुको चाप रहेको अस्पतालमा मात्र ५ बेडको आइसोलेशन वार्डले धान्न नसकपछि क्षमता बढाउन लागिएको सांसद यादवले जानकारी दिए।

‘दुबै सरकारले वीरगञ्जलाई बेवास्ता गरेपछि जनताको ज्यान बचाउन उधोगी व्यापारीहरुको अगाडि हात फैलाएको छु,’उनले भने,‘उहाँहरुको आर्थिक सहयोगमा २४ घन्टा भित्र यो आइसोलेश वार्ड जसरीपनि तयार गरिनेछ।’ यसपछि कारोना रोगको चेकजाँचको लागि शुक्रबारदेखि  तयारीमा जुटने उनले बिएल नेपाली सेवालाई जानकारी दिए।

अस्पतालका मेडिकल सुपरिटेन्ड मदन उपाध्यायले निजि अस्पतालहरुले ज्वरोका बिरामीको उपचार गर्न रोक लगाएपछि चाप बढेको बताए । ‘भारतको लखनउबाट आएका ठोरी नगरपालिकाका २ मा ज्वरो र खोकी देखिएपछि आइसोलशनमा राखिएको छ,’उनले भने,‘वीरगञ्जमा पनि कारोना चेकजाँचको लागि आवश्यक उपकरणहरुको आवश्यकता छ।
 

प्रकाशित मिति: : 2020-04-01 18:07:33

प्रतिकृया दिनुहोस्