भारतबाट नेपाली फर्किने क्रम रोकिएन, सुरक्षा उपकरण अभावले कोरोनाविरूद्ध लड्न चुनाैती

नेपालन्यूज

काठमाडौँ

सुमन पुरी

भारतसँग सिमाना जोडिएका सुनसरी र मोरङका पालिकाहरू अत्यावश्यक सुरक्षा उपकरणको अभावमा प्रहरीकै भरमा कोरोना रोकथाम, नियन्त्रण र उपचारमा लागेका छन्। सरकारले हरेक पालिकामा पिपिई, मास्क, चश्मालगायत सुरक्षा उपकरण उपलब्ध गराइरहेको बताए पनि अधिकांश पालिकामा हालसम्म पिपिई पुगेको छैन। अन्य सुरक्षा उपकरणकोसमेत प्रबन्ध हुन सकेको छैन।

भारतसँग सिमाना जोडिएका पालिका हुँदै अहिले पनि भारतबाट सर्वसाधारण नेपाल प्रवेश गरिरहेका छन्। उनीहरूलाई रोक्न र नेपाल प्रवेश गरेकालाई सुरक्षित क्वारेन्टाइनमा राख्ने काम प्रहरी र सीमित स्वास्थ्यकर्मीको भरमा पालिकाहरूले काम गरिरहेका छन्।

प्रकाशित मिति: : 2020-04-01 22:38:41

प्रतिकृया दिनुहोस्