भारतबाट पलायन भएकामा ३० प्रतिशत कोरोनाको जोखिम

श्याम भट्ट

कञ्चनपुर

दिल्लीको मुटुमा रहेको मुस्लिम धार्मिक केन्द्र निजामुद्दीन मरफजलाई भारतमा कोरोना फैलाउन अहम भुमिका खेलेका भन्दै धर्मगुरू मौलाना सादसहित आठ जनाविरूद्ध मुद्धा दर्ता गरिएको छ। मोदी सरकारको ‘लकडाउन’ को आदेशलाई अवहेलना गर्दै विश्वका विभिन्न देशका गरी ३ हजार मुस्लिम धार्मिक समूह तबलिगी जमात निजामुद्दीन मरकजमा जम्मा भएका थिए। जसमध्ये १९ जना नेपाली रहेको परराष्ट्र मन्त्रालयले पुष्टी गरिसकेको छ। 

निजामुद्दीनमा जम्मा भएका मध्ये ६ जनाको कोरोनाका कारण मृत्यु भएपछि यसको पोल खुलेको हो। आजसम्म यो सभामा सहभागी मृतकको संख्या ८ पुगेको छ भने २४ जना संक्रमित रहेको पुष्टी भएको छ।  भारतीय प्रहरीले अहिलेसम्म २१ सय जनालाई यहाँबाट निकालेको र सभामा ३ हजार जना सहभागी रहेको जनाएको छ। जसमध्ये सर्वाधिक नेपाल सीमा जोडिएको बिहार राज्यका भएको खुलेपछि विभिन्न ठाउँमा छापा मार्दै उनीहरूको खोजी भइरहेको छ। 

यसैबीच मंगलबार साँझ भारतीय स्वास्थ्य मन्त्रालयले प्रेस विज्ञप्ती जारी गर्दै भनेको छ, समूह र भीडभाडसँगै, शहरबाट पलायन गरेकाहरूमा कोरोना संक्रमणको ३० प्रतिशत सम्भावना रहने हुँदा उनीहरूलाई पहिचान गरि क्वारेन्टाइनमा राख्न आवश्यक छ। 

स्वास्थ्य मन्त्रालयको यो विज्ञप्तीले दुई दिनअघि दशौं हजारभन्दा बढी संख्यामा एकैपल्ट दिल्लीको प्रमुख मानिने आनन्द बिहार बसपार्कमा जम्मा भएकाहरूको भीडलाई पनि इंकित गरेको छ, जुन भीडमा पलायन हुने हजारौं नेपाली पनि थिए। पलायनका नाममा साढे सात सय नेपाली अहिले दार्चुलापारी भारतको धार्चुलामा छन्। हरेक दिन ५० को संखयामा कञ्चनपुर पुगिरहेका छन्। हजाराैं मानिस नेपाल प्रवेश गरिसकेका छन्।

परराष्ट्र मन्त्री प्रदीप ज्ञावलीले धार्मिक सभामा संलग्नहरूको बारेमा राजदुतावाससँग समवन्य भइरहेको ट्वीट गरे पनि पैदल नै भारतको विभिन्न शहरबाट नाकामा पुगिरहेका बारे मौन छन्। भारतबाट पलायन भएका बारे अब पनि गम्भीर नहुने हो भने यसको ठूलो मुल्य चुकाउनु पर्ने हुन्छ। 

याे पनि:

कोरोनाबाट बच्न जेलभित्र बनाइयो क्वारेन्टाइन र आइसोलेसन, २८६ कैदी मुक्त

न्युयाेर्कमा काेराेना कहरसँगै फेरिएकाे मेराे दैनिकी

फ्रान्समा कोरोनाविरूद्ध एन्टिबडी टेस्ट, गरियो प्रत्यक्ष प्रसारण

लकडाउन नवौ दिन {फोटोफिचर}

अदृश्य कोरोनाको संत्रास र भुंग्रोमा सुदूर पहाड

 

प्रकाशित मिति: : 2020-04-02 07:30:48

प्रतिकृया दिनुहोस्