दोस्रो विश्वयुद्धपछि पहिलोपटक विम्बल्डन टेनिस रद्द

विम्बल्डन टेनिस प्रयोगिता रद्द भएको छ। दोस्रो विश्वयुद्धपछि पहिलोपटक विम्बल्डन टेनिस रद्द भएको हो। 

यो वर्षको विम्बल्डन आउँदो जुन २९ देखि जुलाई १२ सम्म हुने तयारी थियो। तर विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिएका कारण विम्बल्डन टेनिस रद्द गरिएको हो।

कम्तिमा आउँदो जुलाई १३ सम्म टेनिसका कुनै पनि गतिविधि हुने छैन।

आउँदो समरमा हुने प्रमुख खेलकुद गतिविधि रद्द वा अर्को वर्षका लागि सारिएका छन्। युरोकप फुटबल २०२० र टोकियो ओलम्पिक सन् २०२१ का लागि सारिएको छ।

यसअघि आउादो मे मा सुरु हुने भनिएको फ्रेन्च ओपन टेनिस सेप्टेम्बर २० देखि अक्टोबर चार सम्मका लागि सारिएको छ।
 

प्रकाशित मिति: : 2020-04-02 07:46:23

प्रतिकृया दिनुहोस्