भारतबाट बारा छिरेका ११ मुस्लिम धर्मगुरु क्वारेन्टाइनमा

बारा प्रहरीले भारतबाट जमात पुरा गरि नेपाल प्रवेश गरेका ११ जना मुस्लिम धर्मगुरुहरुलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएको छ। 

विश्रामपुर गाउँपालिको कान्तिपुर टोलस्थित मस्जिदमा भारत हुँदै आएका सप्तरी जिल्लाको तिलाठी र कोइलाडी गाउँपालिकाका मुस्लिम धर्मगुरुहरुलाई वीरगञ्जस्थित चिनी कारखाना भित्र रहेको सिद्धार्थ माविमा निर्माण गरिएको क्वारेन्टाइनमा पठाइएको हो।

खुल्ला सिमाको प्रयोग गरी खेतको बाटोहुँदै बाराको बिश्रामपुरमा रहेको मस्जिदमा पुगेका धर्मगुरुहरुले आफूहरु भारतमा ४० दिनको जमात पुरा गरि घर फर्किनका लागि आएको बताएका छन्। 

लकडाउनको समयमा मस्जिदमा आएको जानकारी पाउना साथ स्थानिय बासिन्दा र गाउँपालिकाका अध्यक्ष अमिरी लाल पाल, उपाध्यक्ष सुमित्रा देबी साहको सहयोगमा उनीहरुकाे स्वास्थ्य परीक्षण गरि क्वारेन्टाइनमा पठाएको बाराका प्रहरी उपरीक्षक कृष्ण कुमार पगेनीले बताए। 

‘अहिले उहाँहरुको स्वास्थ्य अवस्था सामान्य छ,’उनले भने,‘जिल्ला प्रहरी कार्यालय बारा र नारायणी अस्पतालको समन्वयमा १४ दिन क्वारेन्टाइनमा राख्न क्वारेन्टाइनमा पठाइएको छौं।’ 

क्वारेन्टाइमा रहाँदा उनीहरुको स्वास्थ जाँच गरिने र संक्रमण नभएकाे पुष्टि भएपछि छाडिने बारा बिश्राामपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले जानकारी दिए।
 

प्रकाशित मिति: : 2020-04-02 12:25:19

प्रतिकृया दिनुहोस्