महाकालीमा हामफालेर देश भित्रिएका इन्द्रसिंह खत्री: ‘भोकले छट्पटिएपछि अर्थोक सोचिनँ’

सरकारले कोरोनाभाइरसको सङ्क्रमण रोकथाम गर्न भन्दै नेपाल प्रवेशमा रोक लगाएसँगै रोजगारीका लागि भारतमा बस्दै आएका सैयौँ नेपालीहरू विभिन्न सीमावर्ती क्षेत्रमा जम्मा भएका छन्।

सीमानाकामा रोकिएका उनीहरूले आफ्नो देश प्रवेश गर्न पाउनु पर्ने भन्दै हारगुहार गरिरहेको विवरणहरू सार्वजनिक भइरहेका छन्।

तमाम प्रयासका बाबजुद आफूहरूले नेपाल प्रवेश पाउने अवस्था नदेखेपछि केहीले त दुई देशको सीमा महाकाली नदी आफैँ तरेका छन्।

तिनैमध्ये एक हुन् बैतडीको डिलासैनी गाउँपालिकाका इन्द्रसिंह खत्री।

भारतको धार्चुलाबाट नेपालको दार्चुला पुग्दा जाँघेमात्रै लगाएका उनलाई प्रहरीले नियन्त्रणमा लिएको तस्बिरले देशैभर चर्चा पाएको छ।

बुधवार साँझ बैतडीस्थित आफ्नो गाउँ पुगेका खत्रीसँग बीबीसी न्यूज नेपालीका नेत्र केसीले कुरा गरेका थिए।

पढौँ उनको कहानी उनकै शब्दमा:

किन ज्यान जोखिममा हाले इन्द्रसिंहले?

भारतमा मालिकले दिएको खर्च पनि सिद्धियो। खान पाइएन।

त्यही भएर अब घरतिर जानु पाइन्छ कि भनेर आएको हो। तर पुलिसले रोक्यो।

एक रुपैयाँपनि साथमा थिएन। भोकले छटपटियौँ।

नदीमा हाम फाल्न डर लागेन?

सानातिना नदी पहिले पनि तरेको बानी थियो।

तर के गर्ने भोकले आत्तियौँ।

प्रकाशित मिति: : 2020-04-02 13:46:07

प्रतिकृया दिनुहोस्