अस्ट्रेलियामा रोजगारी गुमाएका नेपाली विद्यार्थी भन्छन्- मुटुमाथि ढुंगा राखी बाँच्नुपर्‍या छ

नेपालन्यूज

अस्ट्रेलिया

छत्र शंकर

अस्ट्रेलियाको अर्थतन्त्र धरासायी हुँदा नेपालमा बस्ने बुवाआमालाई पीडा हुन्छ। चर्को ब्याजमा घरजग्गा बैंकमा राखि छोराछोरी अस्ट्रेलिया पठाएका बुवाआमा नेपालबाट भन्न थालेका छन्–ग्राहो भयो भने नेपाल नै फर्कनु। तथापि, जागिर गुमाएका छोराछोरी अस्ट्रेलियाबाट आफ्नो वास्तविकता सुनाउन चाहँदैनन्। उनीहरु भन्छन्– जागिर त गुम्योगुम्यो, बाआमालाई थप चिन्ता किन दिनु, मुटुमाथि ढुंगा राखी बाँच्नै पर्‍यो नि!

उच्चशिक्षाका लागि अहिले अस्ट्रेलियामा ६० हजार हाराहारीमा नेपाली विद्यार्थी छन्। विश्वभरका करिब ७ लाख ५० हजार विद्यार्थी अस्ट्रेलियामा अध्ययन गर्दछन्। छोराछोरीको उज्ज्वल भविष्यको कामना गर्दे बसेका बाआमा अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमण सुन्दा अहिले भोक न तिर्खामा छन्।

प्रकाशित मिति: : 2020-04-02 14:21:59

प्रतिकृया दिनुहोस्