अमेरिका र फ्रान्समा एकैदिन हजारभन्दा बढी संक्रमितको निधन

काेराेना भाइरसका कारण एकैदिन अमेरिका र फ्रान्समा एक हजारभन्दा बढी मानिसकाे निधन भएकाे छ। पछिल्लाे २४ घण्टामा यी देशकाे स्थिति झन् भयाभहदेखिन्छ भने बेलायतमा पनि काेराेनाकाे डँढेलाे सल्कदै गएकाे छ। कोरोनाका कारण विश्वभरि मर्नेको संख्या ५९ हजार १ सय ४० पुगेको छ। यस्तै, यो महामारीबाट १० लाख ९७ हजार ८ सय १० जना प्रभावित भएको विश्व स्वास्थ्य संगठनले जनाएकाे छ। 

कोरोनाविरूद्धको लडाईमा सञ्चो भएर फर्किनेमा २ लाख २८ हजार ४ सय ५ जना रहेका छन्। अझै पनि ३९ हजार ४ सय ३९ जना गम्भीर बिरामी भएको र उनीहरूको बाच्ने अवस्था कम भएको बताइएको छ। 

नेपाली समयअनुसार शनिबार बिहान ६ बजे मात्र अमेरिकामा मर्नेको संख्या सर्वाधिक देखिएको छ। अमेरिकामा पछिल्लो २४ घण्टाभित्र १३ सय २० जनाले ज्यान गुमाएका छन्। हालसम्म अमेरिकामा ७ हजार ३ सय ९१ जनाको ज्यान गएको छ। अमेरिकामा संक्रमितको संख्या मात्र २ लाख ७६ हार ९ सय ६५ पुगेको छ। पछिल्लो समय संक्रमित मात्र ३२ हजारभन्दा बढी थपिएका छन्। 

अमेरिकापछि फ्रान्समा एकै दिनमा ११ सय २० जनाको मृत्यु भएको छ। फ्रान्समा पनि मर्नेको संख्या ६ हजार ५ सय नाघिसकेको छ। हालसम्म सबैभन्दा बढी इटालीमा १४ हार ६ सय ८१ जनाको निधन भएको छ। पछिल्लो २४ घण्टामा यहाँ पनि ७ सय ६६ जनाको निधन भएको हो। ४ हजार ५ सय ८५ नयाँ संक्रमित थपिएका छन्।

यस्तै दोस्रो नम्बरमा स्पेनमा ११ हजार १ सय ९८ जनाको निधन भइसकेको छ। स्पेनमा नयाँ संक्रमित ७ हजार १ सय ३४ छन्। यहाँ पनि पछिल्लो २४ घण्टामा ८ सय ५० को मृत्यु भएको छ। यी दुबै देशमा संक्रमितको संख्या १ लाख १९ हजारभन्दा बढी पुगेको छ। अमेरिकापछि इटाली र स्पेन सर्वाधिक संक्रमित भएको देश हो। यसपछि जर्मनीमा ९१ हजार संक्रमणको घटना देखिसकेको छ। जर्मनीमा पनि मर्नेको संख्या १२ सय नाघिसकेको छ। 

निधनको हिसाबले इटाली, स्पेन, अमेरिकापछि बेलायत सबैभन्दा बढी प्रभावित देखिन्छ। बेलायतमा मर्नेको संख्या ३६ सय ५ पुगिसेको छ। पछिल्लो २४ घण्टामा यहाँ ६ सय ८४ जनाले ज्यान गुमाएका छन्। यसपछि फ्रान्स अनि चीन ३३ सय २२ र इरान ३२ सय ९४ जनाले ज्यान गुमाइसकेका छन्। 
 

प्रकाशित मिति: : 2020-04-04 06:49:57

प्रतिकृया दिनुहोस्