दिल्लीको निजामुद्दिनमा भएको इस्लामिक सभामा सहभागी २५ नेपाली क्वारेन्टाइनमा

बिएल संवाददाता

काठमाडाै‌ं

भारतको राजधानी नयाँ दिल्लीको निजामुद्दिनमा हालै सम्पन्न मुस्लिम धार्मिक भेलामा सहभागी २५ जना नेपालीलाई पहिचान गरी क्वारेन्टाइनमा राखिएको छ।

त्यो धार्मिक सभामा सहभागी भएका केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको र केहीको मृत्यु भएको समाचारपछि त्यसमा नेपाली पनि सहभागी भएको सूचना भारत सरकारले नेपाललाई दिएको थियो।

प्रदेश २ का चार जिल्लाबाट २५ जना नेपाली सहभागी भएका थिए। शनिबार मात्रै बारामा प्रहरीले जमातिबाट फर्किएका थप ९ जना मुस्लिम समुदायका धार्मिक गुरुलाई नियन्त्रणमा लिएको थियाे। उनीहरुलाई जोतपुर प्रहरी चौकीबाट खटी गएको टोली कलैया उपमहानगरपालिका १० मटियर्वाको दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

भारत विहारको पूर्वी चम्पारण सितामणी लगायतका ठाँउहरुमा बिगत ४० दिनदेखि मस्जिदहरुमा बस्दै आएका ती व्यक्तिहरुलाई मटियर्वाको पश्चिम पर्टीको दशगजाबाट पक्राउ गरिएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । 

लकडाउनमा भारतबाट नेपाल प्रवेश गर्दै गरेका ९ जना जमातीहरुलाई नियन्त्रणमा लिएर कलैया अस्पतालस्थित क्वारेन्टाइनमा पठाइएको प्रवक्ता मिश्रले जानकारी दिए । 

उनका अनुसार ति जमातीहरु सप्तरी जिल्लाको कञ्चनपुरका हुन्। प्रहरी नियन्त्रणमा परेका जमातीहरु लकडाउनमा भारतबाट आफूहरु आएको बताए पनि दिल्लीस्थित आयोजित मुस्लिम समुदायको धार्मिक सभामा सहभागी नभएको जानकारी दिएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए।

यसअघि  त्यहाँबाट फर्किएको आशंकामा प्रहरीले यसअघि बाराबाट १५ जनालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुलाई सबैलाई सेनाद्वारा निगरानी गरिएको क्वारेन्टाइनमा राखिएको छ। आइतबार उनीहरुको थ्रोट स्वाब परीक्षण हुने र त्यसको रिपोर्ट अनुसार अगाडिको उपचार हुने स्रोतले बताएको छ।

एक नेपालीलाई कोरोना भएको पुष्टि

मुस्लिम धार्मिक भेलामा सहभागी एक नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ।

भेलामा सहभागी भएका पर्सा निवासी ६६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। उनी दुई साताअघि मात्र हरियाणाको अम्बाला पुगेका थिए।

भेलाका अन्य दश जना सहभागीसहित उनी हरियाणाको अम्बालाको महेशनगरस्थित मस्जिदमा बस्दै आएका थिए।

उनीहरु दुई साताअघि बंगेलवाली मस्जिदमा भएको तबलिगी समुदायको अन्तर्राष्ट्रिय भेलामा सहभागी थिए। अम्बाला पुगेका आठै जना भेलाका सहभागी सबै जना पर्सा जिल्लाका रहेका छन्। 

कोरोना देखिएका उनलाई हाल अम्बाला केन्ट अस्पतालको आइसोलेसनमा राखिएको छ। परीक्षण गरिएका अर्का एक नेपालीको रिपोर्टमा भने कोरोना संक्रमण नदेखिएको बताइएको छ।

अम्बाला पुगेका अन्य ६ जना नेपालीको भने परीक्षण हुन बाँकी छ। 

याे पनि

भारतबाट आएका १८ अगुवा तथा धर्मगुरु क्वारेन्टाइनमा

दिल्लीमा सम्पन्न ईस्लामी जमातमा सहभागी भएका ११ जना पटेर्वा सुगौलीबाट पक्राउ

वीरगञ्ज पुगेका ३५२ नेपाली र भारतीय अलपत्र, शौचालय प्रयोगमा समेत बञ्चित

बाराकाे दशगजा क्षेत्रबाट ९ मुस्लिम जमाती नियन्त्रणमा

प्रकाशित मिति: : 2020-04-05 07:50:22

प्रतिकृया दिनुहोस्