भारतबाट आएका १८ अगुवा तथा धर्मगुरु क्वारेन्टाइनमा

भारतबाट आएका थप १८ मुस्लिम अगुवा तथा धर्मगुरुहरुलाई प्रहरीले पर्साले बिहीबार क्वारेन्टाइनमा राखिएकाे छ।

पर्साकाे जगरनाथपुर गाउँपालिकामा हुँदै नेपाल आएका १५ र सिमावर्ति भिष्वा गाउँबाट २ तथा वीरगञ्ज महानगरपालिकाकाे मुर्ली १२ बाट १ गरि १८ जनालाई क्वारेन्टाइनमा राखिएको हो। 

बुधबार ३ बजे १५ जना खेतको बाटो हुँदै लुकिछिपी आएर मस्तिदमा बसेका बेला स्थानीयहरुको खवरपछि क्वारेन्टाइनमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका उपरीक्षक गंगा पन्तले बताइन्। 

हिजाे भारतको ईनवा गाउँबाट नेपाल प्रवेश गर्न लागेको बेला सिमावर्ति गाउँ पिपरडारी गाउँका स्थानीयले बिरोध गरेपनि नेपालमा प्रवेश गरेको जनाइएको छ। बिरोधका बाबजुद नेपाल प्रवेश गरेको बिषयमा थप अनुसन्धानका भइरहेको एसपी पन्तले जानकारी दिइन् । 

जगरनाथपुर र मुर्लीका १६ जनालाई वीरगञ्जकाे सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएकाे छ भने भिष्वाका २ जनालाई साेही गाउँकाे क्वारेन्टाइमा राखिएकाे उनले बताइन्।

क्वारेन्टाइनमा बसेका केही भारतमा आयाेजना भएकाे मुस्लिन सभामा सहभागिता जनाएकाे बताएका छन भने केही नेपालकै जिल्लाबाट आएकाे बताएका छन्।

ती सबै मुस्लिम नेपाली हुन वा भारतीय हुन अनुसन्धान भइरहेकाे प्रहरीले बताएका छन्।

प्रकाशित मिति: : 2020-04-02 19:50:33

प्रतिकृया दिनुहोस्