बाराकाे दशगजा क्षेत्रबाट ९ मुस्लिम जमाती नियन्त्रणमा

बारामा प्रहरीले जमातिबाट फर्किएका थप ९ जना मुस्लीम समुदायका धार्मिक गुरुलाई नियन्त्रणमा लिएको छ। उनीहरुलाई जोतपुर प्रहरी चौकीबाट खटी गएको टोली कलैया उपमहानगरपालिका १० मटियर्वाको दशगजा क्षेत्रबाट नियन्त्रणमा लिएको हो।

भारत विहारको पूर्वी चम्पारण सितामणी लगायतका ठाँउहरुमा बिगत ४० दिनदेखि मस्जिदहरुमा बस्दै आएका ती व्यक्तिहरुलाई मटियर्वाको पश्चिम पर्टीको दशगजाबाट पक्राउ गरीएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए । 

कोरोनाको संक्रमण फैलन नदिन दुवै देशमा लकडाउन चलिरहेको समयमा उनीहरु सीमावर्ती भारतीय गाउँबाट लुकीछिपी नेपाल प्रवेश गरिरहेका थिए । लकडाउनमा भारतबाट नेपाल प्रवेश गर्दै गरेका ९ जना जमातीहरुलाई नियन्त्रणमा लिएर कलैया अस्पतालस्थित क्वारेन्टाइनमा पठाइएको प्रवक्ता मिश्रले जानकारी दिए । 

उनका अनुसार ति जमातीहरु सप्तरी जिल्लाको कञ्चनपुरका हुन्। प्रहरी नियन्त्रणमा परेका जमातीहरु लकडाउनमा भारतबाट आफूहरु आएको बताए पनि दिल्लीस्थित आयोजित मुस्लिम समुदायको धार्मिक सभामा सहभागी नभएको जानकारी दिएको प्रहरी प्रवक्ता मिश्रले जानकारी दिए।

यसअघि भारतको दिल्लीमा कोरोना फैलाउन मुख्य भूमिका खेलेको भनिएको मुस्लिम धार्मिक सम्मेलनमा १९ जना नेपाली सहभागी भएका थिए। त्यहाँबाट फर्किएको आशंकामा प्रहरीले यसअघि बाराबाट १५ जनालाई नियन्त्रणमा लिएको थियो ।

याे पनि

भारतबाट आएका १८ अगुवा तथा धर्मगुरु क्वारेन्टाइनमा

दिल्लीमा सम्पन्न ईस्लामी जमातमा सहभागी भएका ११ जना पटेर्वा सुगौलीबाट पक्राउ

वीरगञ्ज पुगेका ३५२ नेपाली र भारतीय अलपत्र, शौचालय प्रयोगमा समेत बञ्चित

प्रकाशित मिति: : 2020-04-04 19:10:24

प्रतिकृया दिनुहोस्