नोम चोम्स्की : भेन्टिलेटरको अभावमा देखियो नवउदार पुँजीवादको क्रुर अनुहार

रातोपाटी

काठमाडौँ

संसारमा यतिबेला कोभिड–१९ को आँधीबेहरी चलिरहेको छ । लाखौं मानिस भाइरसबाट संक्रमित छन् । (सम्भवतः पुष्टि भएको संख्याभन्दा खासमा संक्रमित बढी होलान् ।) मर्नेको संख्या दिन दुईगुणा रात चौगुणाको दरले बढिरहेको छ । पुँजीवादी अर्थतन्त्र त ठप्पै भएको छ । विश्व–मन्दी अब रोकेर रोकिन सक्ने अवस्थामा छैन ।

यो महाव्याधि देखिनु धेरै अघि नै कुनै महाविपत्तिको पूर्वानुमान गरिएको थियो । तर नोम चोम्स्कीको शब्दमा ‘भविष्यमा आउन सक्ने महाविपत्तिको पूर्वसावधानी अपनाउने काममा कुनै नाफा नदेख्ने’ आर्थिक प्रणालीको सोच्ने क्रुर तरिकाले त्यस्तो संकटको पूर्वतयारी गरेन । म्यासाचुसेटस् इन्स्टिच्यट अफ टेक्निोलोजी (एमआएटी)का इमेरिटस प्रोफेसर एवम् अरिजोना विश्वविद्यालयका लरिएट प्रोफेसर नोम चोम्स्कीका १२० भन्दा बढी पुस्तक प्रकाशित छन् । हजारौं लेख एवं आलेख प्रकाशित छन् । प्रस्तुत अन्तर्वार्तामा उनले महाव्याधि सामनामा संयुक्त राज्य अमेरिकाको असफलता पछाडि नवउदारवादी पुँजीवाद कसरी जिम्मेवार छ भन्ने विषयमा छलफल गरेका छन् ।

प्रकाशित मिति: : 2020-04-05 09:28:50

प्रतिकृया दिनुहोस्