भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नजिक

बिएल संवाददाता

नयाँदिल्ली,बिएल हिन्दी ब्यूराे

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयको नयाँ तथ्याङ्क सार्वजनिक अहिलेसम्म ९९ जनाको ज्यान गएको हो । यस्तै कोरोनाबाट संक्रमित हुनेको संख्या ३ हजार ५ सय ८८ पुगेको छ।

कोरोना संक्रमितमध्ये अहिलेसम्म दुई सय २९ जना निको भएको अधिकारीहरुले बताएका छन् । भारतमा आइतबार तीन जनाको ज्यान गएको छ ।

कोरोना कारण विश्वभर १२ लाखभन्दा धेरै मानिस संक्रमित भएका छन् भने ६४ हजारभन्दा धेरैको ज्यान गइसकेको छ । त्यस्तै दुई लाख ४६ हजार ६ सयभन्दा बढी निको भएका छन् ।

प्रकाशित मिति: : 2020-04-05 13:56:58

प्रतिकृया दिनुहोस्