नेमारकाे मस्ती, ‘लकडाउन’ नियम उल्लंघन गरेकाे आराेप

विश्व चर्चित खेलाडीहरू यति बेला कोरोना भाइरसका कारण घरमा ‘लकडाउन’ को अवस्थामा छन्। तर, ब्राजिली फुटबलका स्टार पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर नेमार भने ७० लाख पाउण्ड स्टर्लिङको महलमा मस्ती गरिरहेका छन्। उनीमाथि ‘सेल्फ आइसोलेसन’ को नियम तोडेको आरोप पनि लागेको छ। 

फ्रान्स पूर्ण रूपमा ‘लकडाउन’ भएपछि नेमार आफ्नो नीजि बिमानमा केही साथीहरू बोकेर ब्राजिल घरतर्फ लागेको थिए। उनले आफ्नो सोसल मिडियामा साथीहरूसँग बिच भलिबल खेलेको तस्वीर पनि सार्वजनिक गरेका छन्। 

नेमारले रियो दि जेनेरोदेखि ६० माइल तल महल नै खरिद गरेका छन्। सन् २०१८ मा विश्व कपअघि भाच्चिँएको खुट्टाको स्वास्थ्य लाभका लागि उनी यही महलमा बसेका थिए। 

उनको यही भिल्लामा हलिउड स्टार सिल्भेस्टर स्टालोनको फिल्म ‘दि एक्सपेन्डेबल’ को सुटिङ पनि भएको थियो। 

यो महल साढे दुई एकडमा फैलिएको छ। उनको घरलाई स्थानीयले ‘स्वपनील घर’ को उपमा पनि दिने गरेका छन्।

साथीहरूसँग जम्मा भएर बिच भलिबल खेलिरहेको र मस्ती गरिरहेको फोटोका साथ प्रस्तुत भएका नेमारले भने सामाजिक दूरीको पालना गरेको स्पष्टीकरण दिएका छन्। 

उनको घरमा पछिल्लो समय व्यापारी र कारोबारीसँग भेटघाट हुने गरेको र परिवारको सदस्यसँग नियमित भेट्ने कार्य पनि भइरहेको बताइएको छ। उनीसँग घरमा बस्न अहिले ८ बर्षकाे छाेरा डाभी लुका पनि आएका छन्। 
 

प्रकाशित मिति: : 2020-04-05 18:35:12

प्रतिकृया दिनुहोस्