सरकार! मेडिकल सामग्री तुरुन्त व्यवस्था गर

नेपालन्यूज

काठमाडौँ

विश्वव्यापी बन्दै गएको कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको उच्च जोखिम रहे पनि नेपालमा यसको नियन्त्रण तथा रोकथामको पूर्वतयारी फितलो देखिएको छ। शनिबार सुदूरपश्चिमकी एक स्थानीय महिलामा समेत सङ्क्रमण देखिएपछि कोरोनालाई ‘इम्पोर्टेड केस’ भन्दै कमजोरी लुकाउने दिन अब रहेन।

यसरी कैलाली-कञ्चनपुरमा पनि कोभिड-१९ सङ्क्रमण भेटिएपछि ती क्षेत्रमा यस महामारीले विकराल रूप लिने त होइन भन्ने जायज चिन्ता देखिएको छ। अहिलेसम्म देशभर ९ जना सङ्क्रमित रहे पनि एकजना निको भइसकेका छन्।

प्रकाशित मिति: : 2020-04-05 18:38:45

प्रतिकृया दिनुहोस्