बेलायती प्रधानमन्त्री जोन्सन अस्पताल भर्ना, कोरोनाले पुन: च्याप्याे

बिएल संवाददाता

काठमाडाै‌ं

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन अस्पताल भर्ना भएका छन्। कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि उनी अस्पताल भर्ना भएका हुन्।

मार्च २७ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री जोन्सन सेल्फ आइसोलेसनमा थिए ।

तर उनमा अझै पनि कोरोना भाइरसको लक्षण नरोकिएपछि परीक्षणका लागि लण्डनको अस्पताल भर्ना गरिएको बताइएको छ । ज्वरोसँगै उनमा कोरोनाका अरु लक्षण पनि लगातार देखिइरहेका छन्। 

प्रधानमन्त्री जोन्सन  सरकारको हर्ताकर्ता रहने छन्, तर सोमबारको कोरोना भाइरस सम्बन्धी बैठकको अध्यक्षता भने विदेश मन्त्रीले गर्ने जनाइएको छ।
 

प्रकाशित मिति: : 2020-04-06 06:48:25

प्रतिकृया दिनुहोस्