लक डाउनमा आफूखुसी मूल्य तोक्छन् तरकारी पसले

सेतोपाटी

काठमाडौं
फाइल तस्वीर: नारायण महर्जन/सेतोपाटी।

लक डाउनका बेला तरकारीका खुद्रा व्यापारीले आफूखुसी मूल्य तोक्ने गरेका छन्।  अनुगमन नहुने भएपछि उनीहरूले चार सय प्रतिशतसम्म नाफा राखेर तरकारी बेचिरहेका छन्।

कालिमाटी फलफूल तथा तरकारी बजारको थोक मूल्य हर्ने हो भने दिन प्रतिदिन तरकारीको मूल्य घटेको छ। तर उपभोक्ताले भने तरकारीको मूल्य दिनदिनै बढी तिर्नु परेको छ।

सोमबार कालिमाटी बजारमा सेतो मुलाको थोक मूल्य औसत १२ रूपैयाँ किलो छ तर उपभोक्ताका लागि भने चाबहिलको तरकारी बजारमा ४० देखि ५० रूपैयाँ तोकिएको छ।

प्रकाशित मिति: : 2020-04-06 13:16:18

प्रतिकृया दिनुहोस्