नेपालमा पहिलो ‘लोकल केस’ देखिएको परिवारका संक्रमित युवाको ‘ट्राभल हिस्ट्री’ हेर्दा

नेपालमा २२ चैत दिउँसोसम्म कोभिड-१९ बाट संक्रमित भेटिएका सबै ६ जना विदेशबाट आएका व्यक्तिहरू थिए। विदेशमा हुँदा भएको संक्रमण नेपालमा आएर परीक्षण गर्दा मात्र पुष्टि भएको थियो। तर, २२ चैत दिउँसो थप तीन जनामा संक्रमण देखिएकोमा त्यसमध्ये एक जना नेपालमै भएको संक्रमित थिए। तीनमध्ये एक जना मुम्बईबाट फर्किएका पुरूष, अर्का एक जना उत्तराखण्डबाट फर्किएका पुरूष थिए भने तेस्रो व्यक्ति धनगढीकी स्थानीय महिला थिइन्। उनले हालै विदेश यात्रा नगरेको र यसअघि कैलालीमा संक्रमित भेटिएका व्यक्तिको आफन्त भएका कारण उनलाई तिनै संक्रमितबाट सरेको हुनसक्ने आशंका गरिएको छ। 

पहिलोपटक स्थानीयस्तरमै संक्रमण सरेको भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नेपाल कोभिड-१९ को दोस्रो चरणमा प्रवेश गरेको बताए। यसले संक्रमण फैलिनसक्ने जोखिम बढाएकोले थप सचेत हुन आवश्यक रहेको उनले बताए। त्यो भनेको भीडभाड नगर्ने तथा व्यक्तिगत दूरी बढाउने नै हो। यसो गर्दा संक्रमित व्यक्तिबाट आफूमा वा आफू संक्रमित भइएको रहेछ भन् अन्य व्यक्तिमा सर्ने सम्भावना कम हुनजान्छ। ११ चैतदेखि देशव्यापी लकडाउन गर्नुपरेको पनि यसैकारण हो। 

प्रकाशित मिति: : 2020-04-06 13:29:50

प्रतिकृया दिनुहोस्