ट्रम्पको नयाँ ‘शत्रु’ डब्लुएचओः सहयोग रोक्ने चेतावनी, चीनको पक्ष लिएको आरोप

देशसञ्चार

काठमाडौँ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नयाँ ‘शत्रु’ सिर्जना गरेका छन् । उनले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि कमजोर प्रयास गरेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को गम्भीर आलोचना गरेका छन् ।

ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सको मंगलबारको ब्रिफिङ्गको क्रममा ट्रम्पले डब्लुएचओको आलोचना गर्दै अमेरिकाले प्रदान गर्दै आएको सहयोग रोक्ने चेतावनी दिएका हुन् ।

विश्वको प्राथमिक स्वास्थ्य संगठनमाथि आक्रामक रुपमा प्रस्तुत भएका ट्रम्पले चेतावनी दिँदै भने, ‘डब्लुएचओका लागि दिइँदै आएको रकम रोक्ने तयारीमा छौँ । हामी अति प्रभावकारी रुपमा सहयोग रोक्का गर्दै छौँ ।’

प्रकाशित मिति: : 2020-04-08 08:57:29

प्रतिकृया दिनुहोस्