‘जब गर्भवतीमा कोरोना संक्रमण हुन्छ…’

डेनमार्ककी स्वास्थ्यकर्मीको कारुणिक अनुभव :

अनलाइनखबर

काठमाडौं

२६ चैत, कोपनहेगन । जब कुनै गर्भवती अस्पताल भर्ना हुन्छिन्, सामान्यतः स्वास्थ्यकर्मीले गर्भमा रहेको शिशुलाई सकेसम्म प्राकृतिक जन्म गराउँछन् । जन्मनासाथ शिशुलाई आमाको नग्न छातीमा टँसाइदिन्छन् ।

सफलतापूर्वक सन्तान पैदा गरेको भन्दै आमालाई सधन्यवाद अंकमाल गर्छन् र शिशुलाई स्तनपान गराउन सहयोग गर्छन् ।

तर, कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका गर्भवती र शिशुलाई यस्तो गर्न चाहेर पनि स्वास्थ्यकर्मीले सक्दैनन्, जुन सामान्य अवस्थाका गर्भवतीलाई गरिन्छ ।

यसो गर्न नसक्दा प्रसूति सेवामा खटिएका स्वास्थ्यकर्मीहरु अत्यन्तै दुःखी र निराश हुने गरेका छन् ।

डेनमार्कको कोपनहेगनस्थित अस्पतालमा कोरोना भाइरस संक्रमित गर्भवतीको उपचारमा सक्रिय रहेकी एक मिडवाइफ (नर्स मातहतकी स्वास्थ्यकर्मी) डिट्टेले गर्भवतीको अवस्था र आफूले दिने स्वास्थ्य सेवाबारे करुणादायी भनाइ यहाँकी प्रधानमन्त्रीलाई सुनाइन् ।

कोरोना भाइरसबाट संक्रमित गर्भवतीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेकी डेनमार्ककी प्रधानमन्त्री मेट्टे फेडेरिक्सनसँग उपचारमा खटिरहेकी मिडवाइफ डिट्टेले त्यस्तो पीडा पोखेकी हुन् ।

प्रकाशित मिति: : 2020-04-08 13:46:45

प्रतिकृया दिनुहोस्