‘र्‍यापिड टेस्ट’मा ‘स्लो मोसन’ - उपकरण आयो, छैन चलाउने जनशक्ति

लोकान्तर

काठमाडौँ

लखन चाैधरी

का‍ेरोना भाइरस (कोभिड १९) को उच्च जोखिममा रहेको सुदूरपश्चिम प्रदेशमा ढिलाइका बाबजुद केही उपकरण पुगेका छन् ।प्रदेश राजधानीसमेत रहेको धनगढीमै कोरोनाको संक्रमित बिरामी देखिँदासम्म कोरोना परीक्षणको लागि ‘थ्रोट स्वाब’ परीक्षण काठमाडौं नै पठाउनुपर्ने बाध्यता थियो । अहिलेपनि उक्त बाध्यता हटेको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत १८ गते सुदूरपश्चिम प्रदेशको लागि भन्दै ‘मोलिकुलर माइक्रोबायोलोजिस्ट’ सुनिलप्रसाद लेखकलाई कोरोना भाइरस परीक्षण गर्ने १ थान रियल टाइम पीसीआर मेसिनसहित खटायो । २ दिनपछि सो मेसिनबाट परीक्षणको कार्य शुरु भयो । तर १ पटकमा १ वटामात्रै नमूना परिक्षण गर्न सकिने तथा दिनमा ७/८ वटा मात्रै नमूना परीक्षण हुने हुँदा नमूना परीक्षण गर्न काठमाडौं नै धाउनुपर्ने बाध्यता नहटेको हो ।

केही दिनकै अन्तरालमा पुनः एकै पटक ३ जना कोरोना संक्रमित बिरामी कैलाली र कञ्चनपुरमै देखिएपछि र बाहिरबाट आएका लाखौं मानिसको नमूना संकलन तत्काल गर्नुपर्ने अवस्था सिर्जना भएपछि सरकारले र्‍यापिड टेस्ट टोली खटायो ।

प्रकाशित मिति: : 2020-04-08 20:42:46

प्रतिकृया दिनुहोस्