कांग्रेस सभापति देउवाकै गाउँ रुवाखोलामा यस्तो छ ‘लकडाउन’ ! (फाेटाे फिचर)

श्याम भट्ट

डडेल्धुरा

शेरबहादुर देउवालाई जिल्लाबासी दाई भन्न रुचाउँछन्। ‘लकडाउन’ को मुडमा रहेको मुलुकमा डडेल्धुरा पनि अछुतो छैन। अहिलेको गन्यापधुरामा पर्ने नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री देउवाको गाउँ रुवाखोलाको भने दृश्य फरक छ। 

महाभारत पर्वतबाट उत्त्पत्ति भई देउवाको गाउँलाई अमरगढी नगरपालिकाबाट छुट्टयाउने रुवाखोलाभरि यति बेला माछा मार्नेको ताँती लाग्ने गरेको छ। जबकी ‘लकडाउन’ का कारण नगरपालिका र गाउँपालिकाले अन्तर वडामा आवतजावत गर्न पनि बन्द भएको घोषणा गरेका छन्। 

स–साना स्कुले नानीदेखि युवाहरू जालै बोकेर रुवाखोला पुग्ने गर्छन। उनीहरूले दिउँसो खाजा र खानाको जोहो घरबाटै गर्ने गरेका छन्। 

यही खोलाको नामबाट देउवाको गाउँको नाम पनि जुरेको हो। केही दिनअघि देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले आफ्नो सोसल मिडिया साइटमा डोटेली भाषामा सबैलाई घर बस्न आग्रह गरेकी थिइन। तर, उनीहरूको आग्रह गाउँमै मानिरहेका छैनन्। 

त्यसैले हिजोआज यहाँ एउटा भनाई चर्चित बन्दै गइरहेको छ, ‘तमरो भण्या माण्ना रथैन कोई’ अर्थात तपाईले भनेको कोही मानिरहेका छैनन्। 

प्रकाशित मिति: : 2020-04-09 07:00:00

प्रतिकृया दिनुहोस्